नियम १०
ऋणपत्रसम्बन्धी कार्यविधि
कोषले जारी गरेको डिवेन्चर वा अन्य कुनै किसिमको ऋणपत्रको नामसारी, साँवा व्याजको भुक्तानी र तत्सम्बन्धी अन्य कार्यविधिहरू समितिले तोकिदिएबमोजिम हुनेछ । त्यसरी कार्यविधि तोक्दा समितिले नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ ।